अधिकांश मानिस हराएको मोबाइल फेला पर्दैन भनेरअलि अलि खोजी गर्छन। फेला परे ठिकै भयो नभए चुप लाग्छन।
सामान्य खोजीमा फेला नपरेपछि मानिसहरु हराएको मोबाइल फेलै पर्दैन भनेर कहीं कतै उजुरी गर्दैनन्। ती मध्ये थोरै मानिसहरु हराएको मोबाइल खोजी गरिदिन प्रहरीकोमा उजुरी गर्छन। यसरी हराएको मोबाइल खोजी गर्न उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको भनिएका केही मोबाइलहरु खोजेर सम्बन्धित धनीलाई फिर्ता गर्ने गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइलहरु खोजतलासको लागि प्राप्त निवेदन अनुसार खोजतलास गरेर प्रत्येक महिनाको १ गते र १५ गते सम्बन्धित धनीलाई बुझाउने गरिएको जानकारी दिएको छ ।

सोही क्रममा माघ १ गतेदेखि १५ गते सम्म मोबाइल हरेको भनी परेका उजुरी मध्ये बिभिन्न कम्पनीका १३ थान मोबाइलहरु पारी सम्बन्धित धनीलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोबाइल बिज्ञंहरुका अनुसार, मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

मोबाइल हराएमा वा चोरी भएमा नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ ।