भाइरल युवक अर्जुन बिक पक्राउ, बालिकालाई अपहरण गरी बन्धक बनाएर वलात्कार गरेको आरोप

भाइरल युवक अर्जुन बिक पक्राउ, बालिकालाई अपहरण गरी बन्धक बनाएर वलात्कार गरेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०७७
  • 12.7K
    Shares

अर्जुन बिक

काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि भाइरल बनेका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

कैलालीबाट जबरजस्ती काठमाडौंमा ल्याएर बन्धक बनाई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका २ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिकलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको तीन कुनेबाट पक्राउ गरेको हो।

विकले २०७३ जेठ ३० गते काठमाडौं ल्याएर किशोरीलाई बन्धक बनाएको आरोप छ।काठमाडौंस्थित डेरामा ल्याएपछि डर, धम्की दिई जबरजस्ती करणी गरेको र २०७७ साउन १५ गते डेरामा छाडेर फरार भएको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्।

विकले गत साउन ३० गते काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार