बोडिङ स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

बोडिङ स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०७७
  • 26.9K
    Shares

चितवनको रत्ननगर नगरपालिकामा एक बोडिङको स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडि र्वपश्चिम राजमार्गमा सनराइज बोडिङ स्कूलको बा २ ख ५६७४ नम्वरको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार) विहान ९ः२० बजे भएको सो दुर्घटनामा परेर मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ बर्षिय अनिल मगर र पछाडि सवार सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० बर्षिय गौरब राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते उनिहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा विहान ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक फरार रहेको र खोजी कार्य तीब्र पारिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार