पाकेट मारेर भाग्दै गरेका दुई जना तत्काल पक्राउ

पाकेट मारेर भाग्दै गरेका दुई जना तत्काल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०७७
  • 6.4K
    Shares

पाकेटमार

तनहुँमा पाकेट मारेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको भानु १ साजबोटेका ओमबहादुर तिरुवाको पाकेट मारेर भाग्दै गरेका दुई जनालाई प्रहरीले तत्काल पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा रामघाट ७ सर्लाही घर बताउने ५२ वर्षका हर्कबहादुर तामाङ र आमभञ्ज्याङ १ मकवानपुरका ४७ वर्षका दोर्जे लामा रहेका छन्। उनीहरुलाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुले बुधबार ओमबहादुर तिरुवाको साथमा रहेको १६ हजार ५० रुपैयाँ चोरेर भाग्दै गरेको अवस्थामा तत्काल पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरुविरुद्ध चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार