तनहुँमा भएको ट्रयाक्टर दुर्घटनामा एक यात्रीको घटनास्थलमा नै मृत्यु, तीन घाइते

तनहुँमा भएको ट्रयाक्टर दुर्घटनामा एक यात्रीको घटनास्थलमा नै मृत्यु, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०७७
  • 11.9K
    Shares

ट्रयाक्टर दुर्घटना

तनहुँमा बिहिबार भएको एक ट्रयाक्टर दुर्घटनामा पर्र एक यात्रीको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आँबुखैरेनी २ ल्युतपाखास्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा परी बुखैरेनी २ अदुवाखर्क निवासी ४० वर्षका केशव दर्लामीको घटनास्थलमा नै मृत्यु भएको हो।

छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा छिम्केश्वरीबाट आँबुखैरेनी जाँदै गरेको ग १ त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित भै दुर्घटनाग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ।

घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । एक जना घाइतेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार