आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई कास्की प्रहरीले पक्राउ गरी कानुनी कारवाही चलाएको छ ।
कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई आफ्नै १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी हमालले बताए । पक्राउ परेका पुरुष विरुद्ध हाडनाता करणी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।
पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।