बागलुङमा जिप दुर्घटना हुँदा आमाछोराको मृत्यु, अर्का एक घाइते

बागलुङमा जिप दुर्घटना हुँदा आमाछोराको मृत्यु, अर्का एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०७७
  • 15.8K
    Shares

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार, जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार