छठमा उदाउँदो सूर्यलाई अर्घ दिइररहेका आफ्ना छिमेकीलाई पेस्तोल ताकिरहेका युवक रंगेहात पक्राउ

छठमा उदाउँदो सूर्यलाई अर्घ दिइररहेका आफ्ना छिमेकीलाई पेस्तोल ताकिरहेका युवक रंगेहात पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०७७
  • 7.4K
    Shares

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइररहेका आफ्ना छिमेकीलाई पेस्तोल ताकेर हत्या गर्न लागिरहेको अवस्थामा एक युवक सिराहाबाट पक्राउ परेका छन्।

आफ्नो छिमेकीलाई कन्चटमा पेस्तोल ताकिरहेका सिराहाको औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दासलाई प्रहरीले पक्राउ गरेको हो।

दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप दुई राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचना पाएपछि उनलाई पक्राउ गर्न घाटतिर गएको प्रहरी टोलीले बिनोदको कन्चटमा पेस्तोल ताकिरहेको अवस्थामै प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिनोदसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रविनले पेस्तोल लिएर गएको स्थानीयको भनाइ छ

प्रतिक्रिया
सम्बन्धित समाचार