पोखराको शान्तिघाटमा रहेको शवदाह मेशिनमा केही समयको लागि शवदाह गर्न स्थगित गरिएको छ । मेशिनबाट धूँवा छिरेर वाहिर प्रदुषण हुने अवस्था आएकोले मर्मतको लागि केही समय शवदाह कार्य स्थगित गरिएको शान्तिघाट समितिले जनाएको छ ।
वाहिरी वातावरणलाई ख्याल राख्दै मेशिन मर्मत गरेपछि मात्रै शवदाह मेशिन खुल्ला गरिने निर्माण समितिका संयोजक हरिप्रसाद फूयाँलले जानकारी दिएका छन् । अहिले मेशिनमा प्वाल परेर धूवाँ धेरै आएको छ त्यसैले मर्मत गर्नु परेको उनले बताए ।
संयोजक फूयाँलका अनुसार, कोरोना महामारीका कारण छिमेकी देश भारतवाट मर्मत सामग्री मगाउनु पर्ने भएकोले करिव १ महिनासम्ममा शवदाह मेशिन मर्मत भइसक्नेछ।
गत वर्षको असारमा निर्माण गरिएको उक्त शवदाह गृहमा दैनिक ५ देखि ७ वटासम्म शवदाह हुँदै आएका थिए । एभरेष्ट बैंक लिमिटेडको ६० लाखको सहयोगमा निर्माण गरिएको सो शवदाह मेशिन शान्तिघाट विकास समितिले सञ्चालन गर्दै आएको छ ।।