तनहुँको कोत्रेबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना प्रहरीको नियन्त्रणमा

तनहुँको कोत्रेबाट ठुलो मात्रामा लागू औषधसहित तीन जना प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०७७
  • 30K
    Shares

ठुलो मात्रामा लागु औषध सहित तनहुँको कोत्रेबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको हिरासतमा रहेका अभियुक्तहरुमा तनहुँको व्यास
नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदी
बस्ने ३० वर्षिय रवि गुरुङ रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले दुईसय ८६ थान विभिन्न लागु औषधहरु पनि बरामद गरिएको प्रहरीको दाबी छ। प्रहरीक आनुसार, पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम-१०४ एम्पुल, नुफिन- ८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध फेला पारि बरामद गरेको छ ।

पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय समाचार कक्षले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार