कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणकाकारण निधन भएको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका शाहको शुक्रबार विहान ६ः२५ बजे कोरोना सक्रमणकाकारण ६३ वर्षको उमेरमा निधन भएको हो।
नगरपालिकाकी उपमेयर अन्चला चौधरीले दिएको जानकारी अनुसार, शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।