१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०७७
  • 6.6K
    Shares

rape ,वलात्कार

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्। डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २४ वर्षीय सुशील सिंहलाइ प्रहरीले पक्राउ गरेको हो।

प्रज सिंहबिरुद्ध प्रहरीले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले सोमबार मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो। किशोरीसँग प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन्।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन्। राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ।

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार