एक करोड रुपियाँ हुण्डीको रकमसहित काठमाण्डौबाट तीन जना पक्राउ

एक करोड रुपियाँ हुण्डीको रकमसहित काठमाण्डौबाट तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०७७
  • 6.6K
    Shares

एक करोड रुपियाँ हुण्डीको रकमसहित प्रहरीले काठमाण्डौबाट तीन जना पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ। यो हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी छ।

डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार