आफ्नी श्रीमतीलाई चिर्पट प्रहार गरेर हत्या गरेको आरोपमा म्याग्दीमा एक जना पक्राउ गरेका छन्।
पक्राउ पर्ने व्यक्ति म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङ निवासी ४२ वर्षीय ओमबहादुर दमाई रहेका छन्। उनले आइतबार राति आफ्नै श्रीमती ४ वर्षीया रिमा दमाईलाई चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् ।
श्रीमतीको हत्या गर्ने ओमबहादुर दमाइलाई इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको छ भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याग्दी ल्याइएको प्रहरीले जानकारी दिएको छ।