कास्कीको लाहचोकबाट किराना पसल चोरी गरेर भागेका दुई जना पक्राउ

कास्कीको लाहचोकबाट किराना पसल चोरी गरेर भागेका दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.5K
    Shares

मधु थापा र सुर्य बहादुर घर्ति

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकस्थित एक किराना पसल चोरी गरेर भागेका दुई जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

हाक प्रहरीको हिरासतमा रहेका अभियुक्तहरुमा तनहु रिसिङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ न्युरोड बस्ने वर्ष ३० का मधु थापा र स्थानीय बासिन्दा कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहाचोक ३८ वर्ष क सुर्य बहादुर घर्ती रहेका छन्।

उनीहरुले गत असोज २४ गते लाहचोकमा रहेको तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, नगद एक लाख ३० हजार रुपियाँ र औंठी लगाएतका सामान चोरी गरी
फरार रहेको प्रहरीको दाबी छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगर समेतको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीलें जनाएको छ। ‘

लाहाचोकमा चोरी गरेर भागेका थापालाई पोखराको न्युरोड स्थित आफ्नै डेराकोठाबाट चोरी भएको सामान सहित पक्राउ गरेको बताइएको छ।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अर्का अभियुक्त लहाचोककै स्थानीय बासिन्दा समेत रहेका सुर्यबहादुर घर्तीको साथबाट सातहत्तर हजार दुईसय ९० रुपियाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

अभ्युक्ताद्वाया थापा र घर्तीबिरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ।

प्रतिक्रिया
सम्बन्धित समाचार