पोखरा – पोखरामा कोरोना संक्रमित थप एक जना पुरुषको निधन भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा पोखरा १७ का ४७ वर्षीय पुरुष रहेका छन । उनको उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा हिजो शुक्रवार ४ : ५० निधन भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या ४९ पुगेको छ ।