पोखरा मणिपालमा उपचारको क्रममा बागलुङका कोरोना संक्रमित प्रहरीको निधन

पोखरा मणिपालमा उपचारको क्रममा बागलुङका कोरोना संक्रमित प्रहरीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०७७
  • 6.7K
    Shares

आश तमु पोखरा। पोखरा केही दिन देखी लगातर कोरोना संक्रमितहरुको उपचारकै क्रममा निधन हुने क्रम बढेको छ ।

हिजो बिहिवार बेलुका पनि एक कोरोना संक्रमितको पोखरा मणिपालमा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको निधन भएको हो । निधन हुनेमा बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय पुरुष रहेका छन। 

उनी सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत थिए । गत २५ गते अस्पताल भर्ना भएका उनलाई २७ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको बिहिवार राती ११ : ३० बजेको समयमा निधन भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ |

प्रतिक्रिया
सम्बन्धित समाचार