भक्तपुरको सुकुम्बासी बस्तीस्थित गाईफार्ममा बोलाएर खुकुरीले हानी हत्या

भक्तपुरको सुकुम्बासी बस्तीस्थित गाईफार्ममा बोलाएर खुकुरीले हानी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 4K
    Shares

janasanchae ,भक्तपुरको सुकुम्बासी बस्तीस्थित गाईफार्ममा बोलाएर खुकुरीले हानी हत्या

भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ।

भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई आशिष खुलालले बिहान ९ बजे फोन गरेर सूर्यविनायक-८ सिपाडोलको गाई फार्ममा बोलाएका थिए। २० वर्षीय आशिष खुलालले घाँटीमा खुकुरी प्रहार गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो।

खुलालले राईलाई सामान्य बिबाद्पछी टहरामा चुकुल लगाएर खुकुरी प्रहार गर्न थालेपछि त्यहीं रहेका युनिश योञ्जन र सुनिल बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ।

खुलालले राईलाई खुकुरी हान्न थालेपछि योञ्जन र बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ। राईको हत्यापछि खुलाल पनि त्यही  झ्यालबाट निस्किएर भागेका थिए। तर खुलाललाई प्रहरीले घटनास्थल नजिकबाटै पक्राउ गरिसकेको छ। उनीहरूबीच के कस्तो विवाद थियो भन्ने खुलिनसकेको परिसर प्रवक्ता दीपक गिरीले बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार