चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ। पोर्चुगल तथा युभेन्टसका फुटबल खेलाडी
रोयटर्सले जनाएअनुसार, पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार रोनाल्डोलाई मंगलबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले पुष्टि गरेको छ।
‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ ।
पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।