अचानक हुने खाने भयौ कसरी ? – -कृष्ण क्षेत्री

अचानक हुने खाने भयौ कसरी ? – -कृष्ण क्षेत्री


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ भाद्र २०७७
  • 4.6K
    Shares

हिजो
तिमिले तानाशाह र नोक्कर शाही बिरुद्ध लद्नु पर्छ,
दुश्मनका किल्ला भत्काउन पर्छ भन्यौ!
हामिले हुन्छ भन्यौ।

तिमिले पुजिपती र दलाल बिरुद्ध आवाज उथाउनु पर्छ
जनताको शासन ल्याउनु पर्छ भन्यौ!
हामिले हुन्छ भन्यौ।

तिमिले पुजीवाद बिरुद्द लड्नु पर्छ,
जनता को जनबाद ल्याउनु पर्छ भन्यौ!
हामिले हुन्छ भन्यौ।

तिमिले वर्गीय संघर्ष गर्नु पर्छ,
बर्गीय-मुक्ती लाउनु पर्छ भन्यौ!
हामिले हुन्छ भन्यौ।

तिमिले मुठ्ठीभर शासक हटाउनुपर्छ,
जनस्तरमा जनशक्ति बिस्तार गर्नुपर्छ भन्यौ !
हामिले हुन्छ भन्यौ।

तिमिले ब्याक्ती प्रधान हैन बिचार प्रधान व्यवस्था लयाउनु पर्छ,
समान्ताको व्यवस्था हुनुपर्छ भन्यौ !
हामीले हुन्छ भन्यौ।

तिमिले बिश्वका मजदुरहौ !
फुटेर हैन जुटेर अगाडी बड्नु पर्छ भन्यौ !
हामिले हुन्छ भन्यौ।

तर
आज
तिमिले
जुटको राजनीति गर्दागर्दै फुटको राजनिती गर्यौ कसरी ?

सामन्त बिरुद्ध लड्दा लड्दै ,
तिमी नै सामन्ती बनेयौ कसरी ?

तानाशाह बिरुद्ध लड्दा लड्दै तिमिनै
तानाशाह भयौ कसरी ?

गरीबी बिरुद्ध लड्दै
अचानक तिमी धनी भयौ कसरी ?

मजदुर का कुरा गर्दा गर्दै
अचानक तिमी मालिक बन्यौ कसरी ?

किसानका कुरा गर्दा गर्दै
अचानक भूमिपति बन्यौ कसरी ?

दुश्मनका किल्ला भत्काउन गएको मान्छे,
आफै जनताको दुस्मन भएर निस्केयौ कसरी ???

जनता यी तमाम प्रस्नको जवाफ चाहन्छन।

हुदा खानेका कुरा गर्दागर्दै ,
अचानक हुने खाने भयौ कसरी ????

कसरी ?????

कृष्ण क्षेत्री
पोखरा
20277/5/26

प्रतिक्रिया