बलिउड अभिनेता सुशान्त सिंह राजपुत हत्या प्रकरणमा उनकी प्रेमिका रिया पक्राउ

बलिउड अभिनेता सुशान्त सिंह राजपुत हत्या प्रकरणमा उनकी प्रेमिका रिया पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०७७
  • 13.3K
    Shares

बलिउड अभिनेत्री रिया चक्रवर्ती

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्यामा संलग्न रहेको भनिएकी उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

ड्रग प्याडलिङ मुद्दामा बयान दिन मंगलवार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) पुगेकी अभिनेत्री रियालाई प्रहरीले ३ घण्टा सोधपुछपछि पक्राउ गरेको हो।  उनीमाथि ड्रग्स प्रयोग गरेको सहित विभिन्न गम्भीर आरोप लागेको थियो ।

नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै न्युज एजेन्सी एएनआईले रियालाई पक्राउ गरिएको पुष्टि गरे । उनलाई पक्राउ गरेको प्रहरीले उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका प्रशंसक रियाको पक्राउको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए।

उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको थियो । सेप्टेम्बर ६ मा शौविक चक्रवर्तीसँगै सुशान्त सिंह राजपुतका म्यानेजर स्यामुएल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो । एजेन्सी

प्रतिक्रिया