कविता : बिद्रोही मन – कृष्ण क्षेत्री

कविता : बिद्रोही मन – कृष्ण क्षेत्री


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०७७
  • 7.2K
    Shares

कृष्ण क्षेत्री
=======
म कुनै बिद्रोही ,
र आतंककारी हैन,
तर
आज मलाई ,एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
किनकी
मेरो देशको संबिधानमा बलात्कारीलाई फासिको ब्याबस्था छैन।
जिन्दगी भरी
मानव अधिकारको लागि
लड्ने मान्छे म ।
हत्याहिंसा बिरुद्ध आवाज
उठाउने मान्छे म।
तर
आज मलाई एउटा हत्या हेर्न मन लागि रहेको छ।
बालिका बलात्कारगर्ने बलात्कारीलाई,
चौबाटोमा भाला रोपेर
तड्पाई तड्पाई मृत्युदण्ड दिएको
हेर्न मन लागि रहेको छ।
आज म संविधान र कानुनमा
फाँसी नराखेको मा पस्च्यताप मानिरहेको छु।
बलात्कारी हरुलाई उनमुक्ती दिने
सम्बिधान र कानुनका धाराहरु
देखेर ,
आज मलाई एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
पीडा कति भयो होला अबोध लाई ?
त्यस्को त म कल्पना गर्न पनि सक्दिन।
तर ति अबोध बालिकाको
चीत्कार को कल्पना गर्दा !
बालिका बलात्कारगर्ने बलात्कारीलाई,
चौबाटोमा भाला रोपेर टड्पाई तड्पाई मारेको हेर्न मन लागि रहेको छ।
आज
कुनै अबोध लाई ललाई फकाई!
लोभ, लालच र प्रलोभनमा पारी
बलात्कार गर्ने बलत्कारिले।
भोली
कुनै ब्यस्क बरिस्ठ लाई लालच ,प्रलोभन,याचना र नगद भुक्तानी गरेर
सजायबाट उनमुक्ती पाउने प्रायास गर्ने छ।
किनकी
हाम्रो देशमा बलात्कारीलाई फासिको ब्याबस्था छैन।
त्यसैले मलाई ! एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
कानुनका यस्तै कमजोरी हरुबिच
बलात्कारीहरु ले बलात्कार गरि रहनेछन् ।
मौका छोपेर ,
मौका कुरेर,
बाटो ढुकेर,
सुन्सान र एकान्त पारेर,
अबोध बालिका हरुलाई ।
किनकी
हाम्रोकानुनमा बलात्कारी लाई फासिको ब्याबस्था छैन।
त्यसैले मलाई एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
अबोध हरु अबोध नै रहने छन
इज्जत र प्रतिष्ठाका नाम मा
दबाईने छ आबाज/दृष्य हरु,।
पैसा र पावरका बलले,
गराईनेछ मिलापत्र र सम्झौता हरु।
शक्ति केन्द्र देखि आफन्त सम्म घुमाईने छन फोन हरु,
आउनेछन दवाबहरु
घुमिरहेका हुनेछ्न बलात्कारी व्वासाहरु समाजमा मुकुण्डो ओडेर बहादुर र प्राक्रमी बानेर,
पिडा र बेदनामा रोईरहनेछ्न बालिका हरु।
किनकी
हाम्रोमा बलात्कारी लाई फासिको ब्याबस्था छैन।
त्यसैले मलाई एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
हे कानुन निर्माणका ठेकेदार हरु हो!
एक पटक सोचत!
तिम्रै छोरी
तिम्रै नातिनी,
तिम्रै भान्जी,
तिम्रै दिदिबहिनी लाई
के तिम्रा आफन्तलाई बलात्कार भएको भए ?
तिमी यसैगरी चुप लागेर बस्ने थियौ ??
पक्कै चुप बस्ने थिएनौ!
त्यसैले मलाई एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।
तर
म कुनै बिद्रोहि र आतंककारी हैन।।
र पनि मलाई,
एक थान संविधान जलाउन र च्यत्न मन लागिरहेको छ।।।

प्रतिक्रिया