कीर्तिमानी खेलाडी चन्द्रकला लामगादे दम्पत्तिलाई जातीय विभेद गर्दै कुटपिट, दुई जना पक्राउ

कीर्तिमानी खेलाडी चन्द्रकला लामगादे दम्पत्तिलाई जातीय विभेद गर्दै कुटपिट, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०७७
  • 4.6K
    Shares

घाइतेर चन्द्रकला लामागादे

एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेका दम्पत्तिलाई जातीय विभेद गर्दै कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय एथ्लेटिक्स खेलाडी चन्द्रकला र उनका पति सुमनमाथि जातीय विभेद गर्दै कुटपिट गर्ने कार्यमा संलग्न दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

धुलावारी इलाका प्रहरी कार्यालयमा चन्द्रकलाका पति सुमनले जातीय भेदभावको कसुर भएको भएको भन्दै पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए । पक्राउ परेका दबाई जनाविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राख्ने म्याद थप गरी हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त समाचार अनुसार, एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उनका पति सुमन खातीलाई यही भदौ ८ गते सोमबार राति ८ः०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले निर्घात कुटपिट गरेका थिए । सात महिनाकी गर्भवती चन्द्रकलालाई कुटपिटमा संलग्नले जातीय विभेद गर्दै तथानाम गालीगलौजसमेत गरेको बताइएको छ।

यसैबीच पीडित चन्द्रकला चार दिनको उपचारपश्चात बीएण्डसी हस्पिटलबाट घर फर्किएकी छन् । हस्पिटलका चिकित्सकले गर्भमा रहेको शिशुलाई सिजरिङ गरेर जन्माउनुपर्ने सुझाव दिएको उनले बताइन् । उनले कुटपिटका कारण गर्भमा रहेको शिशुको स्वास्थ्य बारेमा आफूलाई बढी चिन्ता लागेको बताइन् ।

खेलाडी लामागादे दम्पत्तिमाठी जातीय विभेद गर्दै कुटपिट भएपछी दलित संग सम्बन्धित संघ संस्थाहरुले दोषीमाथि कडाभन्दा कडा कानूनी कार्बाहेको माग गर्दै बिफ्याप्ति निकालेका थिए।  उनीहरुले पीडकमाथि जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ र नेपालको संविधान २०७२ बमोजिम कडा कानूनी कारवाही हुनुपर्ने माग गरेका थिए।

 

प्रतिक्रिया