अस्ति मैले बन्दुक समातेको फोटो राखेर फेसबुकमा स्टाटस लेखें
“वर्गीय मुक्तिका लागि फेरी बन्दुक बोक्नुपर्ने बेला आएको छ। ”
अनि बिदेशमा भएको अंकलले मलाई भिडियो कल गरी सोध्नुभयो
आजभोलि नेपालमा के भएको छ ?
अनि मैले भने सुन्नुहोस् यहाँ धेरै भएको छ
जनयुद्धको नायक दुई चोटी प्रधानमन्त्री भएको छ
आजभोलि पोईल गएर घराना भएको छ
उसकै कार्यकर्ता गृहमन्त्री भएको छ
शैन्य कमान्डर त झन मुख्यमन्त्री भएको छ
बम,बारुद गर्ने त कानुन मन्त्री भएको छ
हाम्रा घर आउथ्यो नि त्यो त संसद भएको छ
मेस कमिटी गाउँपालिका अध्यक्ष भएको छ
खिस्सा(नाटक )देखाउने वडा अध्यक्ष भएको छ
थान(मन्दिर)भत्काउने, लठा काट्ने वडा सदस्य भएको छ ।
नेपाली कांग्रेस पत्तासाप भएको छ
त्यसैले अंकल ! सबै मालामाल भएको छ ।
अरु केके भएको छ ?बाबु
नायक खलनायक भएको छ
अभिजात वर्गमा गएको छ
बलत्कार भएको छ,अत्याचार भएको छ
भ्रष्टाचार भएको छ,महङ्गी बढेको छ
दमन भएको छ,काण्डै काण्डको भएको छ
संसद काठमाडौ गएको छ, नआउने भएको छ
कमान्डर जडेया र जुवाडे भएको छ
के भएन अंकल बेहाल भएको छ
गाउँघर डर लाग्ने भएको छ
कोरोनाले लकडाउन भएको छ
महामारीका नाममा लुटपाट भएको छ
देश कंगाल भएको छ
भ्रष्टचारी मालामाल भएको छ
प्रधानमन्त्री बौलाहा भएको छ
त्यसैले बयलगाडा चढेको छ
सभापति नबोल्ने भएको छ
डाक्टर समाजवाद पढ्न गएको छ
वैद्य दाइ बूढो भएको छ।
त्यसैले अंकल
फेरी बन्दुक समात्नु पर्ने भएको छ।
अनि बाबु अब के गर्छौ त?
जनतालाई फेरी जोगाउनु पर्ने भएको छ
फटाहालाई देशबाट भगाउनु पर्ने भएको छ
युवालाई परेड खेलाउनु पर्ने भएको छ
शासकको संविधान जलाउनु पर्ने भएको छ
सिंहदरबार ढलाउनु पर्ने भएको छ
जनताको राज्यसत्ता चलाउनै पर्ने भएको छ
दुश्मनलाई सिमाना कटाउनु पर्ने भएको छ
संसदवादलाई धुलो चटाउनु पर्ने भएको छ
त्यसैले अंकल धेरै गर्नु पर्ने भएको छ
वर्ग संघर्ष गर्नुपर्ने भएको छ
बिद्रोह बोल्नै पर्ने भएको छ
क्रान्ति गर्नै पर्ने भएको छ
क्रान्तिकारी बन्नै पर्ने भएको छ
बन्दुक बोक्नै पर्ने भएको छ
दलाललाई ठोक्ने पर्ने भएको छ
समाजबाद ल्याउनै पर्ने भएको छ
राष्ट्रिय मुक्ति आन्दोलनमा
बलिदान गर्नै पर्ने भएको छ
पुन बन्दुक समात्नै पर्ने भएको छ
अंकल बन्दुक समात्नै पर्ने भएको छ।।।
रमेश रावत”विक्रान्त”,
जिल्ला सदस्य, ने.क.पा. जिल्ला कमिटि जुम्ला
२०७७ भदौ ११ गते –