कास्कीमा फेरी निषेधाज्ञा १२ भदौको मध्यरातसम्म, हार्डवेयर र बैंक खुल्ने

कास्कीमा फेरी निषेधाज्ञा १२ भदौको मध्यरातसम्म, हार्डवेयर र बैंक खुल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०७७
  • 4.7K
    Shares

जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले कास्कीमा निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।आइतबार पनि ५ जनामा पोजेटिभ देखिएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ ।

संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने निष्कर्ष बैठकले निकालेको कास्कीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बन्दाबन्दीकोको मोडालिटी केही परिवर्तन हुने भएको छ ।

बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको एसपी श्रेष्ठले जानकारी दिए ।पाेखरामा रहेका बै‍ंकहरुले थाेरै कर्मचारीमा थाेरै शाखा सञ्चालन गर्न पाउनेछन् ।

त्यस्तै निर्माण सामाग्री बिक्री गर्ने हार्डवेयर पसल साँझ ५ बजेदेखि ७ बजेसम्म खाेल्न पाइनेछ । याे अवधिमा ती पसलबाट सामााग्री ढुवानी गर्न दिइनेछ ।

प्रतिक्रिया