राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन, नेपाली सेनाले बिशेष सम्मानका साथ आज अन्त्येष्टि गर्ने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन, नेपाली सेनाले बिशेष सम्मानका साथ आज अन्त्येष्टि गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०७७
  • 4K
    Shares

राश्त्रकाबी माधबप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंको लाजिम्पाट स्थित आफ्नै निवासमा निधन भएको छ । केही समयदेखि अस्वस्थ्य रहेका घिमिरेको निजी निवास लैनचौरमा निधन भएको बताइएको छ ।

यसैबीच राष्ट्रकवि घिमिरेको अन्त्येष्टि बुधबार भोलि विहान १० बजे गरिने भएको छ । अन्त्येष्टिमा नेपाली सेनाले विशेष सम्मान दिने भएको छ । उहाँको पार्थीव शरीरलाई राति सेनाले उहाँकै निवासमा राखेको छ ।

उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो ।

घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०) जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।

उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।

प्रतिक्रिया