काठमाडौको शंखमुल चोक वरपर शनिबार दिउँसो चलिरहेको फिल्म ‘झोला झाल’को सुटिङमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोही क्रममा प्रहरीले फिल्मका निर्माता सहित सम्पुर्ण युनिटलाई प्रहरीले पांच घन्टा नियन्त्रणमा लिएर छोडेको छ । करिब ५ बजे हामी सुटिङ प्याकअप गर्ने तरखरमा रहेको युनिटलाई प्रहरीले नियन्त्रणमा लिएर १० बजे छोडिदिएको समाचारस्रोतले जानकारी दिएको छ।
कोरोनाको समयमा पनि फिल्मको सुटिङ गरेको भन्दै प्रहरीले फिल्म छायांकन क्षेत्रमै पुगेर हस्तक्षेप गरेको हो । कोरोनाको महामारीको समयमा पनि भिडभाड गरेर फिल्मको सुटिङ गरेको कारण नियन्त्रण लिएको उक्त सुटिङ युनिटलाई सामान्य चेतावनी दिएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
दिनेश पाख्रिनको निर्माण तथा कथा रहेको फिल्ममा पटकथा, सम्बाद समेत निर्देशक आरएल मोक्तानकै रहेको छ । रोहित रुम्बा, कविता राय, कालु राना, रस्मी भट्ट, रमेश बस्नेत, रेसम फिरिरि, शैलेस पहारी, सविना मल्ल ठकुरी, श्रृजना मल्ल ठकुरी, पवन नगरकोटी, अनिल लामा, दिनेश पोख्रिनलगायतको अभिनय फिल्ममा रहनेछ ।
दीपक आलेमगर, मिलन श्रेष्ठ, कर्णबहादर बिष्ट, टेकेन्द्र निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शेखर लामा हुन् । बिकाश चौधरीको संगीत रहने फिल्मको छायाँकन रामेश्वर केसीले गरिरहेका छन् ।
फिल्मले युट्युव, समाजका बिक्रिती लगायत हरेक बिषयमा झोलझाल हुने कथा उठाएको निर्देशक आरएल मोक्तानले बताए ।