लोकदोहोरी गायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण

लोकदोहोरी गायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ साउन २०७७
  • 5.5K
    Shares

प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत

अमेरिकाको बाल्टिमोरमा लामो समयदेखि बसोबास गर्दै आएका बरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण भएको छ।

लोकगायक महतले सामाजिक संजालमार्फत आफु र आफ्नी धर्मपत्नी कबिता केसी महत कोरोना संक्रमित भएको र छुट्टाछुट्टै कोठामा आइसोलेशनमा बसिरहेको जानकारी दिएका छन्। उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् । नले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । उनले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन्।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

बरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् र  बाल्टिमोरका रेष्टुरेण्ट व्यवसायी समेत हुन ।

 

प्रतिक्रिया