जाल भित्र सुत्केरी

जाल भित्र सुत्केरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 8.4K
    Shares

काठमाडौं, १५ पुस 

बीचमा कर्णाली नदी।  वारी बाजुराको तिथिचौर, पारि मुगुको बिन गाउँ। यही बिन गाउँकी नौरती शाहीलाई सुत्केरी व्यथा सुरू हुने बित्तिकै स्वास्थ्य संस्था लैजानुको सट्टा परिवारका सदस्यले हत्तपत्त गोठमा सारे।

पशु चौपायलाई अन्यत्र सारेर नौरतीला२ गोठ पुर्‍याएको ४ घन्टापछि उनी सुत्केरी भइन्। तेस्रो सन्तानको रूपमा बल्ल छोरो जन्मिएपछि परिवारमा हर्ष बढाँइ भयो। नौरतीले त्यही गोरू गोठभित्र यसअघि दुई छोरी जन्माइसकेकी थिइन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

छोरा जन्मिएपछि परिवारमा खुसीयाली छाए पनि  जन्मदिने आमालाई भने शारीरिक कष्ट सुरू भयो।  चौपायले रात बिताउने गरेको हिलाम्मे गोठमा दुर्घन्ध खपिनसक्नु थियो। आँगन छेउबाटै बग्न कर्णाली नदीबाट सिधै गोठभित्रै पुग्ने पुस महिनाको चिसो सिरेटोले सास्ती उस्तै। नौरतीले शिशुसँगै पुरापुर एक महिना यही जेलको छिडीजस्तो गोठभित्र गुजार्नु पर्‍यो।

सामाजिक परम्परा अनुसार गोठको मुल ढोकामा तरबार ठड्याइएको छ। माथिबाट माछा मार्ने जाल फिँजाइएको छ। तरबार र जाँलले नै सुत्केरी र शिशुलाई भुतप्रेत र कपटबाट सुरक्षा गर्ने जनविश्वास अनुसार परिवारले यसो गरेका हुन्।

प्रतिक्रिया