अभिनेता भुवन केसीद्वारा अभिनेत्री साम्राज्ञीबिरुद्ध अदालतमा गालीबेइज्जती मुद्दा दर्ता , १० करोड रुपैयाँ क्षतिपूर्ति माग

अभिनेता भुवन केसीद्वारा अभिनेत्री साम्राज्ञीबिरुद्ध अदालतमा गालीबेइज्जती मुद्दा दर्ता , १० करोड रुपैयाँ क्षतिपूर्ति माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० साउन २०७७
  • 4.9K
    Shares

भवन केसी र साम्राज्ञी

अन्तत: निर्माता, निर्देशक एवं अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको बिबाद अदालतसम्म पुगेको छ।  निर्माता, निर्देशक एवं अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिरुद्ध जिल्ला अदालत काठमाण्डौमा गाली बेइज्जती सम्बन्धि मुद्दा दर्ता गरेका छन्। 

केसीले दायर गरेको मुद्दामा विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दुर्ब्यबहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको जिकिर गरिएको छ।  उनले अभिनेत्री साम्राज्ञीसंग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्

 विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुर्ब्यबहारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले उल्लेख गरेकी थिइन् । साथै, अभिनेत्री शाहले आफूमाथि भएका दुर्ब्यबहारका घटना बाहिर नल्याउन पटक–पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर सकिदिने डरसमेत देखाइएको बताएकी थिइन् ।

प्रतिक्रिया