महानायक राजेश हमालका भाइ राकेशको भारतमा निधन

महानायक राजेश हमालका भाइ राकेशको भारतमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ साउन २०७७
  • 7.3K
    Shares

राकेश हमाल

नेपाली चलचित्रका महानायक राजेश हमालका एक मात्र भाई राकेश हमालको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

राकेश हमालको दिल्लीस्थित ह्याम्स अस्पतालामा उपचारको क्रममा निधन भएको खबर हमालका भिनाजु खगेन्द्र जिसीले फेसबुक मार्फत दिएका छन् । उनको कलेजो प्रत्यारोपणको क्रममा निधन भएको बताइएको छ । उनलाई बिरामी भए पश्चात केहि दिन पहिले ययर लिफ्ट द्वारा नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारको लागि पुर्याईएको थियो ।

राकेश हमालको मृत शरीरलाई नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालबाट नेपाल कसरी ल्याउने भन्ने बारेमा छलफल भैरहेको प्राप्त समाचारमा जनाइएको छ ।

महानायाक राजेश हामल भाई राकेशको साथमा

राकेश हमाल आफ्ना दाजु महानायक राजेश हमाल संगै एकै घरमा बस्दै आएका थिए । राकेश हमालका, श्रीमती र दुई सन्तान,एक दाजु राजेश हमाल,तिन दिदीहरु रहेका छन् ।

 

प्रतिक्रिया