संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ योग गरी भएको भर्चुअल बैठकमा अचानक अश्लिल भिडियो खुले पछि बैठक नै स्थगित भएको छ । त्यस भर्चुअल बैठकमा मन्त्री भट्टराई बोल्दै गर्दा अचानक अश्लिल भिडियो खुले पछि बैठक नै स्थगित भएको हो ।
पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे आयोजित त्यस भर्चुअल बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए। पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै अश्लिल भिडियो देखिएको थियो । त्यसपछि सो भर्चुअल बैठकमा सहभागीहरुले धमाधम बैठक छाडेका थिए। अन्तत: त बैठक नै रोक्नु परेको थियो ।

उक्त जुम मिटिङमा देशभरका दुई सयजना भन्दा बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए। अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। यो कसैले ह्याक गरेर भयो या के कारणले हो भनेर छानविन शुरु भएको जनाईएको छ ।