भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 7.9K
    Shares

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् । ‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् । उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’

७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फालेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए । एक साता अघि उनले एक विजनेश फोरममा डावाकोको मेयर आफैंले गोली हानेर मारेको बताएका थिए । ‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गोली चलाएको र तीन जना मारिएको उनले बताएका थिए ।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको शुक्रबार ६ महिना पुग्दैछ । र, उनी सत्तामा आएपछि लागूऔषध तस्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मारिएका छन् ।

अब उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउने बताएका छन्, जुन लागू औषधविरुद्धको अभियान जस्तै निर्मम हुने बताइएको छ ।

प्रतिक्रिया