सावधान !
नक्शामा CIA र RAW को भू-राजनीतिक बल्छि
ओली र सिटौलाको योजनामा देश भाँड्ने चलखेल
लैनचौरमा दलाली गर्न गोकुल बास्कोटाको नियुक्ति
CIA र RAW निर्णायक दुर्घटनाकाे तयारीमा छन्
विदेशी मिशनमा प्रयोग गरिएका निम्छरा दलालहरुको नेतागिरी सामान्य मानिसलाई बुझ्न कठिन छ। ओलीले राजेन्द्र महतोलाई प्रयोग गरेर कथित मधेशवादीका तर्फबाट संविधान संसोधन प्रस्ताव हाल्न लगाएका छन्। उता कृष्ण प्रसाद सिटौलाले आफू नदेखिएर प्रदीप गिरी, विमलेन्द्र निधि र अमरेशकुमारको नेतृत्वमा उही ब्यहोराको अर्को संविधान संसोधन प्रस्ताव हाल्न लगाएका छन्। नेपालको नक्शा मन्त्री परिषदबाट पारित भएपछिको दलाल राजनीति ओली र सिटौलाको संयुक्त योजनामा अघी बढाउन खोजिएको छ। बाहिर एउटा दलको सरकार देखिए पनि भित्र ओली र सिटौलाको कमानमा सरकार परिचालन गरिएकाे छ।
नक्शा पारित गरेपछि दुईवटा उही ब्यहोराका संसोधन प्रस्ताव दर्ता गर्न लगाउनुको कारण हो, निशान छापको प्रस्तावलाई लम्ब्याएर पश्चिमा शक्तिहरु र ईण्डियनहरुका बिचमा वार्गेनिङको समय निकाल्नु, सबै संसोधन प्रस्ताव एकै पटक पारित गर्नु पर्छ भन्ने पक्षमा मत विभाजन गरेर MCC छिराउने बाटो बनाउनु र सो वार्गेनिङका आधारमा सिंहदरबकारको कुर्सिका लागि दलालहरुका बिचमा नयाँ समिकरण बनाउनु। यसका लागि राजेन्द्र महतोलाई मन्त्री बनाउने कुरा चलिरहेको छ भने संसदमा निशान छाप संसोधनको प्रस्ताव लगेर ओलीले त्यसलाइ वाेर्गेनिङकाे विषय बनाउँदै ईण्डियनहरुसंग कुर्सिको सुरक्षाका लागि वार्ता गर्न गोकुल बास्कोटालाई दूतका रुपमा नियुक्त गरेर हिंजो लैनचौरमा पठाएका छन्।
पश्चिमाहरु र ईण्डियनहरुका बिचमा चीनको विरोधको प्रश्नमा कुनै सहमति नभए नक्शाको मुद्दा अघी बढ्ने संभावना छ। त्यस्तो कुनै सहमति कायम भएको खण्डमा कथित मधेशवादी र कांग्रेसका नाममा दर्ता गरिएका अरु दुई वटा संसोधन प्रस्तावका बारेमा पनि सहमति कायम गर्नु पर्छ भन्ने बहानामा विभाजन ल्याएर नक्शाको प्रस्ताव लम्ब्याउँदै गएर तुहाउने संभावना छ। यदी यी दलालहरुको अनुहार उदांगो भएर व्यापक विरोध हुने संभावना बढ्यो भने त्यसलाई नियन्त्रण गर्न यीनीहरु संकटकाल लगाउने तयारीमा लागेका छन्। कोरोना नियन्त्रणका नाममा सेनालाई परिचालन गर्ने योजनाको लगत्तै स्वास्थ्य संकटकाल लगाउने जुन कुरा सार्वजनिक भएको छ, त्यो स्वास्थ्य संकटकाल नभएर यसका बहानामा राजनीतिक संकटकाल लगाउने पूर्व तयारी हो।
स्वास्थ्य संकटकालको घोषणासंगै स्वास्थ्य मामिलाको बहानामा संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन हावी हुन जान्छन्। ती संस्थाहरुको कभरमा यहाँ आउने ईण्डो-पश्चिमा शक्तिहरु नै हुनेछन्। यी विदेशी संस्थाहरुको कभरमा विदेशी पसाउने र स्वास्थ्य संकटकाललाई राजनीतिक संकटकालका रुपमा दुरुपयोग गरेर अहिले पूरा गर्न नसकिएका साम्राज्यवादी योजनाहरु कार्यान्वयनमा लैजाने रणनीतिमा ओली लागेका छन्। नेपालबाट कमजोर हुँदै गएको RAW र पश्चिमाहरुको भूमिकालाई एउटा अराजकता सिर्जना गरेर बलियो बनाउने रणनीति नै ओली र सिटौलाका बिच अहिले कायम भएकाे एकताको मूख्य आधार हो। कांग्रेसकाे एउटा पंक्ति ओलीकाे पक्षमा खुलेर लाग्दैछ। यीनीहरूकाे भित्रि गतिविधि र तयारी हेर्दा निकट भविष्यमैं कसैमाथि प्रहार गरेर देशमा कुनै ठूलाे दुर्घटना उत्पन्न गराइन सक्ने संभावना छ।