कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन

कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.5K
    Shares

जयनन्दचन्द ठकुरी

कलाकार जयनन्दचन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार बिहान करीब साढे ११ बजे ललितपुर बागडोलस्थित आफ्नै निवासमा निधन भएको छ ।

ठकुरीको अन्तिम संस्कार पनि दिउँसो पशुपतिको विद्युतिय शवदाह गृहमा गरिएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । १२ वर्षदेखि प्यारालाइसिसले थलिएका ठकुरी सुगरपीडित पनि थिए । उनको छालामा पनि समस्या देखिँदै गएको थियो ।

ठकुरीले ‘जीवनरेखा’, ‘भाग्यरेखा’लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् । उनले अभनिय गरेको अन्तिम फिल्म ‘भागीभागी नजाउ तिमी’ थियो ।ठकुरीका श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया