थुइक्क ! मान्छे खाने अमान्छे तिमी ! : गोविन्द नेपाली

थुइक्क ! मान्छे खाने अमान्छे तिमी ! : गोविन्द नेपाली


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ जेष्ठ २०७७
  • 7.7K
    Shares

लेखक गोविन्द नेपाली

थुइक्क ! मान्छे खाने अमान्छे तिमी !
मान्छे तर्साउने वनमान्छे तिमी !!
हे ! ठूलो जातको हुँ भन्ने दम्भ र अहङ्कारको डङ्गुरमाथि चढेर
नवराज विकहरुको जिन्दगीमा तिर हानी भोग खाने तिमी !
एकपटक अाफ्नो छातिमा हात राखेर अाफैलाई सोध त !
के तिमीहरुलाई एक्काइशाैँ शताव्दीमा अनुहार  देखाउन लायक मानव हुँ भन्ने लाग्छ ?

म त तिम्रो घिनलाग्दो डङ्गुर भन्दा
धेरै गुणा अग्लो स्वाभिमान र मानवताको सगरमाथावाट दावाका साथ कुर्लेर भन्न सक्छु,
अहँ ! तिमी मानव होइनाै ! दानव हाै ।
मान्छे खाने अमान्छे हा‌ै तिमी !
मान्छे तर्साउने वनमान्छे हा‌ै तिमी !
न्यायप्रेमी उत्पीडित दलित समुदायको थुकै थुकको भेरीमा डुवेर मर्नलायक पनि छैनाै तिमी !
थुइक्क ! मान्छे खाने अमान्छे तिमी !……..
मान्छे तर्साउने वनमान्छे तिमी !!

रुकुमको चौरजहारी घटनामा मृत्युवरण गरेका युवाहरु
रुकुमको चौरजहारी घटनामा मृत्युवरण गरेका युवाहरु

(लेखक गोविन्द नेपाली सत्तारुढ नेकपाका केन्द्रिय सदस्य हुन् भने हाल गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रमुख सल्लाहकारका रुपमा कार्यरत छन्। -सम्पादक)

प्रतिक्रिया