बिश्वका दुईसय १५ भन्दा बढी देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले उग्र रुप लिईरहेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । एकातिर देश पुरै लकडाउनमा छ। अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना भाईरस संक्रमण देखिए पनि १६ जनालाई उपचार पछि निको भैसकेको छ ।
यति बेला बिश्वब्यापी रुपमा कोरोना भाइरसले भय सिर्जना गरिरहेको छ। यस भयबाट नेपाल अछुतो तहने कुरो भएन। बिश्वको ध्यान यतिबेला कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने तिर छ । तर बिडम्बना नेपालको कम्युनिस्ट सरकार भन्न रुचाउनेहरु विद्रोही ने.क.पा.लाई कसरी गिरफ्तार गर्ने भन्ने दाउमा देखिन्छ ।
बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरु यति बेला आफ्ना राजनीतिक गतिबिधि बाहेकका सम्पूर्ण गतिविधिहरु रोकेर जनताको घर, गाउँटोलमा पुगेर उनीहरुको दु:ख सुखमा साथ दिन लागि परिरहेका छन्। त्यो देखि नसहेको सरकार जनतालाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिरहेका बिद्रोही ने.क.पा.का नेता तात्ता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ। त्यति मात्र हैन, कतिपय होम क्वारेन्टाइनमा बसि रहेका नेता त कतै उपचार गरिरहेकालाई पनि सरकारले गिरफ्तार गरिरहेको छ। यसरी एउटा राजनितीक आस्था बोकेको पार्टी माथी लोकतान्त्रिक गणतन्त्र भएको देशमा कथित कम्युनिष्ट सरकार दमनको नीति अपनाइरहेको छ ? सबैको जिज्ञासाको बिषय बनेको छ। सरकारी दमन देख्दा नेपाली जनता अहिलेको अवस्थामा ‘योभन्दा राणा शासन नै ठिक थियो’ भन्न थालेका छन्।
कामभन्दा पनि बढी गफ गर्ने आदत रहेका प्रधानमन्त्री शर्मा ओलीले ‘८० करोड रुपियाँ बराबरको राहत वितरण गरिसकेको’ सार्वजनिक रुपमै दाबी गरेका छन्। त्यति मात्र हैन उनले नेपालमा कोही पनि भोकै मर्न नपर्ने रटान पनि दिईरहेका छन्। तर प्रधान्मंत्रीज्यु ! ग्रामिण बस्तिहरुमा एक पटक हेर्ने कि ? सरकारले यो सबै भुलिसकेको छ। उस्को ध्यान त केवल कसरी भ्रष्टाचार गर्ने तथा रास्ट्रघाती एबम जनघाती एमसीसी पारित गरेर अमेरिकालाई खुशी बनाउने भन्नेमा केन्द्रित छ।
अन्य देशका जनता जस्तै नेपाली जनता पनि कोरोनाको त्रासमा छन्। तर बिदेशी शक्तिलाइ खुशी पार्नमा अर्जुनदृष्टि लगाइरहेको सरकार देशको आर्थिक अवस्था डामाडोल पार्न लागेको कोरोना भाइरस संक्रमणसंग भन्दा पनि बिद्रोही ने.क.पा.संग भयभित भएको जस्तो देखिएको छ। होइन भने बिद्रोहि नेकपा महासचिव बिप्लवले एउटा विज्ञप्ति नै निकालेर देश महामारीको चपेटामा परेको बेला सम्पूर्ण राजनीतिक दल र संघ-संगठनसंग मिलेर , सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरिसकेको अवस्थामा यो सरकार तिनै ने.क.प.का नेता तथा कार्यकर्ताहरुलाई किन गिरफ्तार गरिरहेको छ त ?
सबै संघर्षका कार्यक्रम रोकेर पीडितहरुको राहत र उद्धारमा जुट्दै जनसेवामा लागिरहेका नेता कार्यकर्ताहरुलाई अझै पनि धमाधम पक्राउ गर्नु, अदालतले छाडेकाहरुलाई पुनः गिराफ्तार गर्नु आदिले राज्य कोरोनाभन्दा विद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई समाप्त पार्न कोशिसमा लागेको जस्तो देखिन्छ ।
आज पनि हजारौं बेरोजगारी युवाहरु काठमाडौमा भोकभोकै बस्नु परेको छ। खोइ त्यतातिर सरकारको ध्यान ? खाडी मुलुकमा लाखौंलाख नेपालीहरु पासपोर्टको भिजा सकिएको र लकडाउनले गर्दा टिकट रद्द भै अलपत्र अवस्थामा बस्न बाध्य छन्। ती बिदेशमा रहेका नेपालीले पथाएओ रेमिटान्सले देश चलाउने तर तिनै नेपाली बिदेशमा अलपत्र पर्दा सराअर किन मौन छ ? के रेमिटान्स पठाउने नेपालीका लागि यो सरकार हैन र ? उनीहरुको पीडालाई यस सरकारले हेर्न पर्दैन र ?
सरकार! देश र जनताको पक्षमा निरन्तर रुपमा लडिरहेको बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने खलमा लाग्नाभंदा लकदाउनकाकरण भोकभोकै बस्न बाध्य बनेका नेपाली जनतालाई राहत दिन र बिदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउनमा ध्यान देऊ। बरु त्यस कार्यमा आबस्यक परे बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ता सहकार्य अरन तयार छन्। त्यसैले गिरफ्तारतिर होइन, सयौँ राजबन्दीहरु स-सम्मान रिहाई गरियोस् ।
अन्तत दमनले विद्रोह जन्माउछ त्यो हामी चाहन्नौ । जब राज्यले जनताको गाँस, बास, कपास , शिक्षा स्वास्थ्य , रोजगारीको व्यवस्था गर्दैन। त्यो बेलासम्म केही नेता कार्यकर्ताको हत्या गर्दैमा , प्रतिवन्ध लगाउदैमा वा केहीलाई थुन्दैमा बिद्रोह रोकिदैन ।
विदेशमा रहेका ५० औं लाख युवाहरु फर्किएको अवस्थामा उनीहरुले राज्यविरुद्ध असन्तुस्टी प्रकट गरे भने देशको अवस्था के हुन्छ र सरकारले ती असन्तुस्ट जनतालाई कसरी ब्यबस्थापन गर्ला ? अहिले सरकार जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्नेभन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने भन्ने तिर लागेको देखिन्छ । कसरी जनता जोगाउने, कसरी जनतालाई बचाउने , विदेशमा अलपत्र परेका नेपालीहरुको कसरी उद्धार गर्ने भन्नेतिर सराकारको ध्यान गएकै छैन। कैयौ नेपाली सिमानासम्म आएर आफ्नो सरकारको खोजी गरिरहेका छन्। उनीहरु आफुहरुलाई घर फर्किने वातावरण बनाइदिन कोकोहोलो मच्चाइरहेका छन् , तर सरकार उनीहरुको चिच्याहट सुनिरहेको छैन। यस्तै अवस्था रही रहे र उनॆहरुओ आवाजलाई नसुन्ने हो भने राज्यका विरुद्ध जनताले स्वतः विद्रोह गर्ने कुरा निश्चित छ । त्यसैले बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्न भन्दा पनि जनताको समस्या समाधान गर्नतिर सरकारले ध्यान देओस।