लक डाउनकाकारण नेपालमा रोकिएकी दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र दुइ नम्वरी’की भुटानी अभिनेत्री उगेन छोदेनलाई भूटान सरकारले विमान चार्टर गरेर भुटान फिर्ता लागेको ।
उनी नेपाली फिल्म २ नम्बरीमा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्त। तर लकडाउनको कारण चलचित्र छायांकन अगाडि नवढेपछि नायिका काठमाण्डौमै रोकिएकी थिइनु् ।
उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ः०० बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको निर्देशक लामाले जानकारी दिए ।
अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।

नायिका उगेनले चलचित्रमा नायक दयाहांग राइको अपोजिटमा भूमिका निर्वाह गर्दैछिन् । हामी २ नम्बरी टिम उनको उद्धार कार्यमा सहयोग गर्ने भुटान सरकार, ड्रुक एयर र परिवारप्रति आभार व्यक्त गर्दछौं, निर्देशक लामाले भनेका छन् ।
नायिका उगेनले फेसवुकमार्फत आफु भूटान आइपुगेको जानकारी गराएकी छिन् । विमानस्थलवाट सोझै क्वारेन्टानइमा गएको जानकारी दिंदै उनले क्वारेन्टाइन पनि आफ्नो घरजस्तै भएको उल्लेख गरेकी छिन् । म माया र सहयोगका लागि नेपाललाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, उगेनले भनेकी छिन् ।