गण्डक क्षेत्रमा जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको निधन

गण्डक क्षेत्रमा जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ चैत्र २०७६
  • 8.1K
    Shares

अम्बिका ढकाल

लामो समय गण्डक क्षेत्रको हरेक पाखा पखेरा, गाउँटोल र बस्तीबस्तीमा पुगेर राज्यसत्ताले गरेका दमन र शोषणका बिरुद्ध नाच्दै र गाउदै जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको अल्पआयुमै निधन भएको छ।

पक्षघात र मानसिक रोगलेग्रस्त उनको काठमाण्डौमा उपचार हुँदै गर्दा निधन भएको हो।  उनी बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित चुनु शिल्पा सास्कृतिक परिवार गण्डककी सदस्य पनि थिइन। उनले बिद्रोही ने.क.पा.ले संचालन गरेका विभिन्न अभियानका क्रममा गाउँघर, टोलटोल र भिरपखेरामा पुग्दा चुनु शिल्पा सास्कृतिक परिवार गण्डकका सदस्यका हैसियतले नाच्दै र गाउँदै जनता जगाउने कार्य गरेकी थिइन्।

जनकलाकार अम्बिका ढकाल
जनकलाकार अम्बिका ढकाल

लामो समयदेखि रोगले थलिएकी उनी र उनका परिबार आफ्नो उपचार गर्न पोखरा महानगरपालिका वडा नम्बर १५ नयाबस्तीमा रहेको घर बेचेर धादिङ्गस्थित पुर्ख्यौली थलोमा फर्किएको थियो।  लामो समयदेखि अस्पतालमा उपचार हुँदाहुँदै उनको निधन भएको जानकारी उनका ससुरा प्रकाश लामाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया