लकडाउनमा अनावश्यक हिँड्नेलाई उर्लाबारीका मेयरको भाटे कार्वाही (हेर्नुस भिडियो)

लकडाउनमा अनावश्यक हिँड्नेलाई उर्लाबारीका मेयरको भाटे कार्वाही (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ चैत्र २०७६
  • 5.7K
    Shares

लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही गर्दै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । लकडाउनको दोश्रो दिन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ ।

तर, अनावश्यक रुपमा हिँड्नेलाई भाटे कार्वाही गरिएको मेयर खड्ग फागोले जानकारी दिए  । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उर्लाबारी नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्दै अनावश्यक रुपमा नहिँड्न पटक पटक अनुरोध गर्दासमेत अटेरी गर्नेलाई भोटे कार्वाही गरिएको उनको भनाई छ ।

लकडाउनको समयमा घर बाहिर ननिस्किन उर्लाबारीबासीलाई उनको अनुरोध छ । प्रहरीले दुई दर्जन बढी मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको छ भने अनावश्यक हिँड्नेलाई समेत नियन्त्रण लिई सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया