जनतालाई कोरोनाको त्रास : कञ्चनपुरको लालझाडी गापा अध्यक्ष मदन बडायकलाई मोजमस्ती (हेर्नुस भिडियो )

जनतालाई कोरोनाको त्रास : कञ्चनपुरको लालझाडी गापा अध्यक्ष मदन बडायकलाई मोजमस्ती (हेर्नुस भिडियो )


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ चैत्र २०७६
  • 7.8K
    Shares

जनतालाई कोरोनाको त्रास : कञ्चनपुरको लालझाडी गापा अध्यक्ष मदन बडायकलाई मोजमस्ती (हेर्नुस भिडियो )

देश कोरोना भाइरसको संक्रमणले त्रासमय बनिरहेको बेला कंचनपुर जिल्लाको एक गाउपालिका अध्यक्ष पिकनिकमा मोजमस्ती गरिरहेको भिडियो भाइरल बनिरहेको छ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायक गाउँपालिकाको बजेटमा आयोजित पिकनिकमा मोजमस्तीमा रमाइरहेको भिडियो भाइरल बनिरहेको हो ।

भिडियोमा अध्यक्ष बडायकले  लगाइरहेको कमिज फुकालेर एक महिलाको सललाई आफ्नो तल्लो भागमा बेरेर नाच्नमा मस्त देखिन्छन्। मदिराले मस्त बडायकको गाउँपालिकाकै महिला कर्मचारीसंग कमिज फुकालेर नाच्दै गरेको दृश्य भिडियोमा छ।

पूर्व नेकपा माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष मदन बडायक सेतो बनियान र रातो सलमा मस्तीमा देखिन्छन्। शुरुमा आफ्नै कर्मचारीसँग नाच्दै गरेका बडायकलाई उनका सहयोगीहरुले साथ दिदै गर्दा उनीहरुले कम्प्युटर अपरेटर रेनु बडायकलाई काँधमा चढाएर नाचेका छन्।

अध्यक्ष बडायकले गत बर्ष कार्यपालिकाको वैठकमा जनप्रतिनिधी र कर्मचारीको पिकनिक मनाउने कुरा आएपछि सुख्खडमा पिकनिक गरिएको बताए। पिकनिकमा गएपछि वडा सचिव रामसिंह धामीले मलाई नाच्न भनेर जवर्जस्ती गरेर नचाएको उल्लेख गर्दै उनले भने,’ गर्मी भएर सर्ट खोलेर नाचे पनि मर्यादा नाघेका छैनौं।’ उनले नगरपालिकाको खर्च नभइ ब्यक्तिगत खर्चमै पिकनिक गरिएको दावी समेत गरे।

प्रतिक्रिया