बसले स्कुटरलाई ठक्कर दिंदा नायिका महिमा सिलवालको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिंदा नायिका महिमा सिलवालको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०७६
  • 5.9K
    Shares

नायिका महिमा सिलवाल

धादिङ्ग जिल्लाको गजुरी-२ चाम्बासस्थित पृथ्वी राजमार्गमा स्कुटर दुर्घटना हुँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवालसहित दुई जनाको मृत्यु भएको छ।

भैरहवाबाट काठमाण्डौ जाँदै गरेको लु२ ख १३५ नम्बरको यात्रुबाहक बसले नायिका सिलवाल चढेको बा९८प ७०५८ नम्बरको स्कुटरलाई बुधबार राती ठक्कर दिंदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।  सोही स्कुटरमा रहेकी  महिमाकी बहिनी शर्मिला सिलवाललाई उद्धार गरी उपचारार्थ काठमाण्डौ लगिएकोमा ट्रमा सेन्टरमा उपचार गर्दागर्दै म्र्त्यु भएको प्रहरीले जानकारी दिएको छ। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभिनेत्री सिलवालले अप्रिल्फुल, चियर्स, दानव, ढुंगे युग र नो स्मोकिंग लगायतका चलचित्रहरुमा अभिनय गरेकी छिन।

प्रतिक्रिया