पाेखराकाे मुटु पृथ्वीचाेकमा भैंसीहरुको जुलुश

पाेखराकाे मुटु पृथ्वीचाेकमा भैंसीहरुको जुलुश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ माघ २०७६
  • 6K
    Shares

अघिपछि विभिन्न राजनीतिक पार्टी र तिनका भात्री संगठन अनि विभिन्न सामाजिक संस्थाका कार्यक्रममा सहभागी हुन आएका मानिसहरुको लाइन देखिने पर्यटकीय नगरी पाेखराकाे मुटु पृथ्वीचाेक (लखन थापा चोक) मा शनिबार दिउँसो अचम्मको दृश्य देखा पर्यो।
एकातिर रास्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा संगम सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम गरिरहेको थियो, त्यही बिचमा त्यही कार्यक्रमस्थल नजिक भएर एक हुल भैंसी निर्वाद लखन थापाको सालिकतिर अघि बढिरहेका थिए। न त्यहाँ पछि लागेर कुनै गोठालो आएको थियो, न भैंसीको मालिक नै।  त्यति मात्र हैन, पोखरा रंगशाला तिरबाट आएका ती भैंसी निश्फिक्री तरीकाले सवारी साधनको समेत बेवास्ता गर्दै अघि बढिरहेका थिए।  त्यहाँ उनीहरुलाई रोक्ने न त कोही थियो, न ट्राफिक प्रहरी नै।
पोखरा रंगशाला गेट अघिबाट आएका ती भैंसी पृथ्वीचोक (लखनचोक) हुँदै नागढुंगा भएर पोखरा बिमानस्थलतिर अघि बढेका थिए।

पर्यटकीय नगरी पाेखराकाे मुटु पृथ्वीचाेकमा मिति २०७६ साल माघ १८ गते शनिबार निर्वाध, बेराेकटाेक हिंडिरहेका भैंसीहरूकाे हुल

प्रतिक्रिया