कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत पाएपछि गायिका आस्था राउतद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत पाएपछि गायिका आस्था राउतद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ माघ २०७६
  • 7.1K
    Shares

गायिका आस्था राउत

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी छिन।  गायिका राउतले आफन्तको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी हुन्।

‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै उनी आफन्तसहित प्रहरी कार्यालय पुगेको प्रहरीले जानकारी दिएको छ।  उनीविरुद्ध त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन। हरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेपछी गायिका राउतले आत्मसमर्पण गरेको समाचारस्रोतले जानकारी दिएको छ।

राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

प्रतिक्रिया