कर्णालीको यात्रामा निस्केका पर्यटकहरु कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकाको जितेगडासम्म आफ्नो या सार्वजनिक सवारी साधन प्रयोग गर्न सक्छन। त्यहाँस्थित कर्णाली नदी तर्न काठको डुंगा प्रयोग गर्नुपर्ने हुन्छ। तर जितेगडाबाट पारि जान पहुँचवाला व्यक्तिको सोर्स र फोर्स आबस्यक हुन्छ। त्यस काठे डुंगाबाट कर्णाली तर्न सुरक्षा निकायका सवारी साधनहरुका लागि सहज रहे पनि अन्यका लागि सोर्सफोर्सबाहेक असम्भव जस्तै छ।