कमेडी च्याम्पियनको १० औँ एपिसोडमा कार्यक्रम संचालिका रीमा विश्वकर्माले निर्णायक रहेका मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो ।
श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो … भन्दाभन्दै आफैँ हाँस्न थालिन् ।
मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर ।’
मनोज झनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन् ।
मनोज गजुरेलले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका बसेका कलाकार हुन् भने रिमा श्रीमानसंग सम्बन्ध बिच्छेद गरेर बसेकी संचारकर्मी हुन्।