चर्चित गायक रामकृष्ण ढकालको श्रीमतीसंग सम्बन्ध बिच्च्छेद

चर्चित गायक रामकृष्ण ढकालको श्रीमतीसंग सम्बन्ध बिच्च्छेद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 4.3K
    Shares

गायक रामकृष्ण ढकालश्रीमती निलम र छोरीका साथ्

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । निलम शाहले मंगलबार सम्बन्धविच्छेदका लागि दिएको निवेदन अनुसार जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेद मुद्दा टुंग्याएको हो।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन्’ उनले भने ‘बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्। ढकाल र शाहबीच १७ वर्षअघि प्रेम विवाह भएको थियो।

कुनैबेलाका चर्चित गायक रामकृष्ण ढकालले ललितपुरमा रहेको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडमा ललितपुर सैंवुस्थित घरजग्गा धितोमा राखेर कर्जा लिएकोमा ऋण चुक्ता नगरेपछि उनले राखेको धितो लिलामी प्रक्रिया अघि बढाएको थियो।

 

 

प्रतिक्रिया