नेपाली सिने जगतले दुईजना बरिष्ठ कलाकार गुमाएको छ। अघिल्लो दिन बरिष्ठ कलाकार दीपक क्षेत्रीको निधनको खबर सुन्न बाध्य नेपाली कलाप्रेमीले सोमबार बिहानै चलचित्र बिकास बोर्डका अध्यक्ष एबम बरिष्ठ कलाकार केशव भट्टराइको निधन भएको खबर बाहिर आएको छ।
आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए । निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।
भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।
५४ बर्षको उमेरमा नै निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ’छोडी गए पाप लाग्ला’, ’देवर बाबु’, ’कर्मयोद्दा’, ’सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए ।
यस अघि शनिबार कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ ।
मृत्युको कारण पुष्टि भएपछि उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि पुर्याइएको छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् ।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको बेजोड अभिनय अभिनय गरेका छ । पछिल्लो समय उनी विरामी अवस्थामा रहेका थिए । उनी आर्थिक रुपमा समेत पीडित बन्दै आएको उनलाई नजिकबाट चिन्ने कलाकारहरु बताउँछन् ।