भिडियो हेरे शरीरमा काडा उर्मियो रगत तातेर आयो । आखाबाट आशु बग्यो । एक श्रमजिवीपत्रकार यसरी सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरिन्छ । यो भन्दा उदाक केही होला ?
धकेलेर,धिच्चाएर, तानेर कोच्छ प्रहरी भ्यानमा कि ठुलै अपराध गर्यो कि ? कमसे कम सामान्य तवरले पनि पत्राउ पर्न सकिदैन र ? के ज्याजती नै देखाउन पर्छ ? हैन एक कलमजिवी पत्रकारसंग किन त्रर्सियो सरकार ? अनि न्यायपालिको सम्मान गर्नु पर्दैन ?
न्याय कानुन कसका लागि हो ? कि सिधा साझा लाई मात्र हो ? मान्छे मारेका गम्भिर अपराध गरेका व्यक्ति लाई सम्मान अनि जो कलम चलाएर सुसिचित गर्छ उसलाई जेल नेल , दुख । धिक्कार छ ।
विचार राखेकै भरमा अब सरकार डराउने ? जे भन्यो त्यही मान्न पर्ने होर ? राण शासन गयो, पंचाती व्यवस्था गयो, राजतन्त्र गयो के यही गर्नलाई होर ? विभिन्न समयमा आन्दोलन भए किन ?
मानिस स्वतन्त्र छ , हरेक विचार आस्था राख्न उ स्वतन्त्र पनि छ । कसैले छेकेर हुन्छ र ? न्याय के हो ? सर्वोच्च अदालतको निर्णय पनि नमान्ने कस्तो प्रशासन हो भन्या ?
एउटा छोड्छ अर्को फेरि लछारपछार गरेर समाउछ ?अदालको सम्मान प्रहरी प्रशासनले मान्नु पर्दैन ।
मानिसलाई मानिसको मानवअधिकार बाट बञ्चित गरेर के-को मानवअधिकार, शुशासन र न्यायको ध्वास लागाउछ सरकार ? खै कहा छ न्याय ? गाउ-गाउमा दुर जनतामा पुगेको छ न्याय अधिकार ? कि काठमाडौ मात्रै हो ?
गरिब दुखी आवाज विहीनको आवाज उठाएर आफ्नो धर्म निभाउछ पत्रकार । अनि पुरस्कार दिन्छ सरकार हतकडी । वा वा

निर्मला हत्या काण्ड के भो? एनसेल काण्ड के भो ? अनि न्याय माग्दा माग्दा मारिएका अधिकारी दम्पति के भो ? सरकारी जग्गा हडप्ने के भो ?
क्या गजब छ ।
हाम्रो कर बाट खाउ कार चढ अझ तिम्रा सन्तानलाई नि थुपार अनि हामीलाई नै दण्डा बर्साउ । यही हो सरकार ।
समाचार संकलनमा जाने पत्रकारको कर्तव्य होइन ? यसको लेख उसको नलेख रे ? यसको मा जा, त्यसको मा नजा ? कलम बाध्ने काम किन ? चोर,अपराधी, दखी ,द्धन्द्ध जहां पनि जान्छ पत्रकार अनि आफ्नो कर्तव्य पुरा गर्छ ।