नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सञ्चालक तथा सम्पादक पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत गेटबाट पुन पक्राउ गरको छ ।
उनलाई सर्वोच्च अदालतबाट रिहा हुनेबितिक्के प्रहरी प्रशानले लछारपछार तथा अमानवीय तरिकाले प्रहरी भ्यानमा हालेको छ ।
उनको रिहाईको लागि नेपाल पत्रकार महासंगबाट हालिएको रिटमाथि सुनुवाई गर्दै न्यायधिशहरु केदार प्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।